श्रम संस्कृति पार्टीका सांसदहरूको वेल घेराउ
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेकोमा आपत्ति प्रकट गरेका छन् । बैठक सुरु हुनासाथ उक्त पार्टीक सांंसदहरूले पर्चा देखाउँदा सभामुख अर्यालले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले देखाएर केही क्षण प्रदर्शन गर्दै आ–आफ्नो आशनमा गएका थिए ।
सभामुख अर्यालले यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने टिप्पणी गरे । आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी दिएका छन् । हर्क साम्पाङसहित श्रम संस्कृतिका सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ ! प्रश्नदेखि भाग्न पाइँदैन ! जनमतलाई सम्मान गर ! संसद छलेर अध्यादेश ल्याउन बन्द गर ! संसदीय जिम्मेवारी बहन गर ! भन्ने नारा लेखिएको पर्चा छातीमा टाँसेका छन् ।
