साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोलीको घोषणा

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले  भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपालको टोलीको शनिबार घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन्।

तीन खेलाडीले भने पुनरागमन गरेका छन्। अघिल्लो टिमबाट दुई खेलाडी भने बाहिरिएका छन्। अन्तिम टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक सिनियर टिममा स्थान बनाएका हुन्।

यस्तै गीता राना, सविना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् भने टोलीका नियमीत खेलाडी सरस्वती हमाल र मनमाया दमाईं भने बाहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान रहेको समूह ‘ए’मा छ। समूह ‘बी’मा साबिक विजेता बंगलादेश, भारत र मालदिभ्स छन्।

साफ समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल जेठ ११ गते भुटानसँग भिड्नेछ। त्यही दिन समूह ‘बी’का मालदिभ्स र भारत खेल्ने तालिका छ।

त्यस्तै जेठ १४ गते श्रीलंका र भुटान तथा बंगलादेश र मालदिभ्स खेल्नेछन्। जेठ १७ गते नेपाल र श्रीलंका तथा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल खेल जेठ २० गते तथा उपाधि भिडन्त जेठ २३ गते शनिबार हुनेछन्। साफ च्याम्पियनसिपका खेलहरू भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा हुनेछन्।

नेपालको टोली

एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर