एमाले सचिवालय बैठक सोमबारका लागि सर्यो
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। यसअघि आज शनिबार बैठक बस्ने तय भएको थियो ।
आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए । बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।
प्रतिक्रिया
