कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ। शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो ।
दिल्लीले दिएको १४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले । यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे । दिल्लीका अक्षर पटेले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रनको योगदान दिए ।
प्रतिक्रिया
