कांग्रेसको विवाद मिलाउन नेताहरू सक्रिय

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गोल्फुटारमा  भेटेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल गरेका छन् ।

सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाव दिएको नेताहरूसमक्ष उल्लेख गरेका थिए । यसअघि सभापति थापाले हिजो बिहान कांग्रेस नेता डा. शेखर कोइरालासँग परामर्श गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर