स्काभेटर पुरिँदा चालकको मृत्यु
काठमाडौं । काभ्रेको चौरी देउरालीको टाडीगाउँमा स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । टाडीगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउने ट्रयाक खोल्नेक्रममा सडकमाथिबाट ढुंगासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चालक रौतहटको पौराही- ३ का ४१ बर्षिय दिलिप स्माली रहेको प्रहरीले जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
