स्काभेटर पुरिँदा चालकको मृत्यु

काठमाडौं ।  काभ्रेको चौरी देउरालीको टाडीगाउँमा स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । टाडीगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउने ट्रयाक खोल्नेक्रममा सडकमाथिबाट ढुंगासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चालक रौतहटको पौराही- ३ का ४१ बर्षिय दिलिप स्माली रहेको प्रहरीले जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर