प्रधानमन्त्री बालेनलाई लिपुलेक जान दुर्गाको चुनौती

काठमाडौं ।  राजसंस्था पुनःस्थापनाको माग राखेर आन्दोलनरत् दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै सुकुमवासी व्यवस्थापनभन्दा राष्ट्रिय सीमा सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुकुमवासी बस्ती हटाउन डोजर चलाउनुभन्दा लिपुलेक-कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘भोलिदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन्। नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहले मेयर हुँदा ? त्यो भूमि किन फिर्ता ल्याइँदैन ? नेपाली सेना आज सुकुमवासी वस्तीमा कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेन कहाँ छन् ? बालेन डोजर लिएर सुकुमवासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो ।’

‘गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ’, उनले भने, ‘अर्काको निजी जग्गामा बस्न नदिने भनिन्छ, तर उनीहरू जाने ठाउँ खोलाको किनारमै हुन्छ। घर भनेको सबैको सपना हो। घर नभए सरकारी जग्गामा बस्नुपर्ने बाध्यता हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर