यस्तो आयो देउवा-पूर्णबहादुर कांग्रेसको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको समूहले ११ बुँदे निष्कर्ष निकालेको छ। वैशाख १५ र १६ गते काठमाडौँमा बसेको खड्का समूहको विस्तारित बैठकले कांग्रेसको आन्तरिक विषय र सरकारको काम कारबाहीका विषयमा ११ बुँदे निष्कर्ष निकालेको हो।

खड्का समूहको विस्तारित बैठकमा कांग्रेसका निवर्तमान पदाधिकारी तथा सदस्य, प्रदेश सभापति, प्रदेश सभा संसदीय दलका नेता, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो। विशेष महाधिवेशन राष्ट्रिय राजनीतिलाई धमिल्याउने र कांग्रेसलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको बैठकको निष्कर्ष छ।

तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको धैर्यता, सहनशीलतासँगै अन्य नेताहरूको साथ सहयोगले तत्काल पार्टी विभाजनबाट रोक्न सफल भए पनि विभाजित मन जोड्न नसक्दा कांग्रेस विरुद्धको षडयन्त्रको उद्देश्य पूरा भएको खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले वैधता पाए पनि आदेशमा कतै पनि न्यायिक मन नभेटिएको खड्काले बताए।

‘प्रचलित कानुन, निर्वाचन आयोगद्वारा विगतमा दलहरूको विवादको फैसला गर्दा स्थापित कतिय नजिरहरू र स्वयं नेपाली कांग्रेसको विधानसँग हामीले हेर्दा मेल देखिँदैन। आदेशमा कतै पनि न्यायिक मन हामीले भेटेनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आदेशमा उल्लेखित आधारहरूमा सहमत नहुँदानहुँदै पनि नेपाली कांग्रेस पार्टी विधीको शासन मान्ने, स्वतन्त्र न्यायपालिकाको सदैव सम्मान गर्ने र यही संस्कार र परम्पराबाट हामी सिक्दै आएकोले कांग्रेसको आधिकारिक नेतृत्व सम्बन्धमा मिति २०८३ वैशाख ४ गतेको सर्वोच्च अदालतको निशय मान्दछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर