रामेछाप कांग्रेसका सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । आफ्नै पार्टीका सभापतिमाथि अनर्गल द्वैषपूर्ण टिप्पणी गर्ने नेपाली कांग्रेस रामेछाप जिल्लाका सभापति कान्छाराम तामाङ निलम्बनमा परेका छन् । पार्टीको अनुशासन समितिको राजधानीमा बुधबार बसेको बैठकले तामाङलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सभापति गगन थापासँग केही दिनअघि ३ अर्ब पैसा रहेको र ती पैसामध्ये गएको चुनावमा १ अर्ब खर्च गरेको तथा अब २ अर्ब बाँकी रहेको र त्यो पैसा आगामी अधिवेशनमा खर्च गर्ने तयारी गरेको छ भन्ने दावी गरिएको तामाङको एक भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै कांग्रेसले तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण मनासिव नभएकाले तामाङलाई निलम्बन गरिएको कांग्रेसको भनाइ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर