बालेन सरकारविरुद्ध विद्यार्थी संगठनको मार्च पास्ट

काठमाडौं । बालेन सरकार गठन भएपछि महँगी अचाक्ली बढेको भन्दै त्यसकाविरुद्ध विद्यार्थीले आज मंगलबार मार्च पास्ट कार्यक्रमको आयोजना गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको अगुवाइमा निकालिएको उक्त मार्च पास्ट कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घडी भवनमा पुगेर विरोध सभामा परिणत भएको थियो। उनीहरूले महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थालाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न माग गरेका छन्।

त्यस्तै, मेरिटोक्रेसी लागू गर्न, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छूट कायम गर्न, विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्ध हटाउन र स्ववियु खारेज गर्ने निर्णय फिर्ता गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर