कांग्रेस संसदीय दलको नेता चयन स्थगित
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिएको हो ।
दलको नेता सहमतिमा चयन गर्ने प्रयासस्वरूप विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो । समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका थिए । निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अहिलेसम्म तय गरिएको छैन ।
प्रतिक्रिया
