नेपाल ‘ए’ ले ओमानलाई दियो २८५ रनको लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ टिमले ओमानविरुद्ध २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ ले ५० ओभरमा सात विकेट गुमाएर २८४ रन बनाएको हो ।

नेपालका निम्ति इशान पाण्डेले ६९ रनको अर्धशतकीय इनिङ खेले । इशानले ७८ बलमा ६ चौका प्रहार गरे । देव खनालले टोलीका निम्ति दोस्रो अर्धशतक प्रहार गरे । ६४ रनको अर्धशतकीय इनिङ खेलेका उनले ९५ बलमा पाँच चौका प्रहार गरे । कुशल मल्ले ५७ रन बनाए । ३२ बल खेलेका उनले समान चार चौका र छक्का प्रहार गरे ।

सन्दीप जोराले ४२, सन्तोष यादवले १५ र ओपनर अर्जुन कुमालले १३ रन बनाए । ओमानका जितेन रमानन्दीले दु्ई विकेट लिए । शकेल अहमद, नदीम खान वसिम अलि र सिद्धार्थ बुकापटनमले समान एक विकेट लिए । खेलमा नेपाल जितको खाता खोल्ने लक्ष्यमा छ । सोही मैदानमा भएको पहिलो खेलमा ओमानले घरेलु टिमलाई ७१ रनले हराएको थियो ।

ओमान भने लगातार दोस्रो जितको खोजीमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा यो शृंखला आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर