कांग्रेस संसदीय दलको विधान पारित

काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीमा पठाएका छन्।

फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ,’ संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले भने, ‘दल नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार काम अघि बढिरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर