हालान्डको गोलमा सिटी विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले बर्नलीलाई १–० गोल अन्तरले हराएको हो । सिटीका लागि निर्णायक गोल स्टार स्ट्राइकर अर्लिङ हालान्डले गरे । खेल सुरु भएको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। घरेलु मैदानमा भएको खेलमा बर्नलीले गोल फर्काउन नसक्दा खेल सुरु भएको पाँचौं मिनेटको गोल नै निर्णायक बनेको हो ।
प्रतिक्रिया
