के बालेनले चित्त बुझाउला सुधनको स्पष्टीकरण ?

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग विवादित व्यक्तिसँग सेयरमा हिस्सेदारी गरेको प्रमाण बाहिरिएपछि स्पष्टीकरण सोधेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार उनलाई सोमबार बिहान लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको र गुरुङले स्पष्टीकरणसमेत बुझाइसकेका छन् ।

सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको लगायत कारण देखाउँदै उनको राजीनामा माग गरिँदै आएको छ । गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर