अमेरिकी सहायक विदेशमन्त्री कपुर र सभापति लामिछानेबिच भेटघाट
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सोमबार भेटघाट गरेका छन् ।
भेटमा उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूबारे छलफल भएको जनाइएको छ । साथै नेपाल र अमेरिकाबिच सहयोगका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया
