अमेरिकी सहायक विदेशमन्त्री कपुर र सभापति लामिछानेबिच भेटघाट

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सोमबार  भेटघाट गरेका छन् ।

भेटमा उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूबारे छलफल भएको जनाइएको छ । साथै नेपाल र अमेरिकाबिच सहयोगका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर