आजदेखि मौसममा सुधार हुने

काठमाडौं ।  मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण सुरु भएको वर्षामा आइतबार (आज) देखि सुधार हुने भएको छ । मनसुन पूर्वी नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हँदा ठुलो वर्षाको सम्भावना कम देखिएको हो ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले शनिबार कोशी, मधेश र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लागेकाले घाम कम लागेको जानकारी दिनुभयो । साथै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको उहाँले बताउनुभयो । उहाँले सोमबारदेखि देशैभर मौसम सफा भई घाम लाग्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब ठुलो वर्षाको सम्भावना छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर