पूर्णबहादुरको स्पष्टीकरण पत्र फिर्ता लिइँदै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको सानेपामा सोमबार दिउँसो बस्ने बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी गरेको हो ।
उनलाई २ चैतमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो । अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको हो ।
प्रतिक्रिया
