सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।

दोस्रो लेगको १२ औं चरण अन्तर्गत मंगलबार चार खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

चर्च आज १३ जित निकाल्ने योजनामा रहेको छ । चर्च २४ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चर्च ब्वाइजलाई उपाधि जित्न अब मात्र एक अंकको आवश्यकता रहेको छ ।

थ्री स्टार सातौं जित निकाल्ने योजनामा रहेको छ । थ्री स्टार २४ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

थ्री स्टारलाई रेलिगेसनबाट जोगिन आजको खेलमा जित महत्वपूर्ण रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र जावलाखेलको खेल साँझ ६ बजे सुरु हुनेछ ।

सातदोबाटो दशौँ जित निकाल्ने योजनामा रहेको छ । सातदोबाटो २४ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

जावलाखेल ११ औं जितको खोजीमा हुनेछ । जावलाखेल २४ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै च्यासलमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार आठौं जितको योजनामा हुनेछ । खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।

एपीएफ नवौं जितको खोजीमा हुनेछ । एपीएफ २४ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुनेछ ।

आर्मी आठौं जित निकाल्न चाहन्छ । आर्मी २४ खेलमा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पुलिस १२ औं जित निकाल्ने योजनामा रहेको छ । पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर