आज कांग्रेसमा अनुशासन पर्वमाथि चर्चा हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।

यसैगरी कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर