काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन्। संसदीय दलका अर्का आकांक्षी सुहाङ नेम्वाङले उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध हुने भएका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा सुहाङले पनि संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचनको तयारी गरिएको थियो। यद्यपि २५ सदस्यीय एमाले संसदीय दलमा सुहाङले प्रस्तावक र समर्थक नै नपाएपछि उनी उम्मेदवारीबाटै बञ्चित भएका छन्। निर्वाचन संयोजक निरज आचार्यले सुहाङको उम्मेदवारी नै नपरेको जानकारी दिए। भनिन्छ एमालेभित्र ओलीले नै सुहमङलाई छेकेका हुन् ।
