व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई सोमबार कालोसूचीमा राखिएको हो । सम्बन्धित अधिकारीहरूका अनुसार उनी भाग्ने सम्भावना देखिएकाले उक्त निर्णय गरिएको हो। अब भट्टले विदेश यात्रा गर्नुअघि सरकारको स्वीकृति लिनुपर्नेछ ।
अध्यागमनको कालोसूचीमा परेसँगै भट्टको विदेश यात्रा स्वतः रोकिएको छ । यस्तो सूचीमा परेका व्यक्तिहरूले सम्बन्धित निकाय वा नेपाल सरकारको पूर्व अनुमति बिना देश बाहिर जान पाउँदैनन् ।
प्रतिक्रिया
