व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान तीव्र बनेसँगै व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई सोमबार कालोसूचीमा राखिएको हो । सम्बन्धित अधिकारीहरूका अनुसार उनी भाग्ने सम्भावना देखिएकाले उक्त निर्णय गरिएको हो। अब भट्टले विदेश यात्रा गर्नुअघि सरकारको स्वीकृति लिनुपर्नेछ ।

अध्यागमनको कालोसूचीमा परेसँगै भट्टको विदेश यात्रा स्वतः रोकिएको छ । यस्तो सूचीमा परेका व्यक्तिहरूले सम्बन्धित निकाय वा नेपाल सरकारको पूर्व अनुमति बिना देश बाहिर जान पाउँदैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर