कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको  छ ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेसले उक्त बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशानुसार अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर