इरानसँग युद्ध जितेको ट्रम्पको दावी, तर लडाइँ जारी रहने
काठमाडौं । अमेरिका र इजरायल तथा इरान बीचको युद्ध आज १३ औँ दिनमा पुगेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा जितिसकेको दावी गरेका छन्, तर मिशन पूरा नहुँदासम्म लडाइँ जारी रहने बताएका छन् । केन्टकी राज्यमा आयोजित एक र्यालीमा बोल्दै ट्रम्पले युद्ध सुरु भएको पहिलो घण्टामै अमेरिका अघि रहेको स्पष्ट भएको र अमेरिकी सेनाले इरानको सैन्य शक्ति निकै कमजोर बनाएको बताएका छन् ।
यसैबीच संयुक्त राज्य अमेरिकाको रक्षा विभाग (पेन्टागन)ले संसदलाई दिएको जानकारीअनुसार युद्धका प्रारम्भिक ६ दिनमै अमेरिकाले करिब ११.३ अर्ब डलर खर्च गरिसकेको छ। तीमध्ये करिब ५ अर्ब डलर हतियार र गोलाबारुदमा खर्च भएको बताइएको छ ।
अर्कोतर्फ इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेश्कियानले युद्ध अन्त्य गर्न तीन सर्त आवश्यक रहेको बताएका छन् । उनका अनुसार इरानका कानुनी अधिकारलाई मान्यता दिइनुपर्छ । युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्छ । भविष्यमा फेरि आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी हुनुपर्छ ।
प्रतिक्रिया
