इरानसँग युद्ध जितेको ट्रम्पको दावी, तर लडाइँ जारी रहने

काठमाडौं ।  अमेरिका र इजरायल तथा इरान बीचको युद्ध आज १३ औँ दिनमा पुगेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा जितिसकेको दावी गरेका छन्, तर मिशन पूरा नहुँदासम्म लडाइँ जारी रहने बताएका छन् । केन्टकी राज्यमा आयोजित एक र्‍यालीमा बोल्दै ट्रम्पले युद्ध सुरु भएको पहिलो घण्टामै अमेरिका अघि रहेको स्पष्ट भएको र अमेरिकी सेनाले इरानको सैन्य शक्ति निकै कमजोर बनाएको बताएका छन् ।

यसैबीच संयुक्त राज्य अमेरिकाको रक्षा विभाग (पेन्टागन)ले संसदलाई दिएको जानकारीअनुसार युद्धका प्रारम्भिक ६ दिनमै अमेरिकाले करिब ११.३ अर्ब डलर खर्च गरिसकेको छ। तीमध्ये करिब ५ अर्ब डलर हतियार र गोलाबारुदमा खर्च भएको बताइएको छ ।

अर्कोतर्फ इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेश्कियानले युद्ध अन्त्य गर्न तीन सर्त आवश्यक रहेको बताएका छन् । उनका अनुसार  इरानका कानुनी अधिकारलाई मान्यता दिइनुपर्छ ।  युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्छ ।  भविष्यमा फेरि आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर