रास्वपाले समानुपातिकमा पनि कटायो ५० लाख मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सबैभन्दा धेरै मत हासिल गरेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको देखिएको छ। त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत ल्याएको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। चार महिनाअघि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत ल्याएको छ भने थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।
प्रतिक्रिया
