रास्वपाले समानुपातिकमा पनि कटायो ५० लाख मत

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सबैभन्दा धेरै मत हासिल गरेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको देखिएको छ। त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत ल्याएको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। चार महिनाअघि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत ल्याएको छ भने थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर