चुनाव हारेपछि विष्णु पौडेलले भने, “नीति, नेतृत्व, पुनःगठन गरौँ”

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जन अपेक्षाअनुरूप पुनःगठन गर्न अपिल गेका छन् ।

रूपन्देही क्षेत्र नं. २ मा एमालेका तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज विज्ञप्तिमार्पत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जन अपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरे । उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रूपन्देही क्षेत्र नं २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भनेका छन् ।

उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षाअनुरूप उत्कृष्ट कार्य गर्ने तथा रूपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरे ।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु”, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर