ओलीले भने, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई”
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा आफूलाई हराएर निर्वाचित भएका बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
बालेनसँग झन्डै ५० हजार मतान्तरले पराजित भएका ओलीले बालेनको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना ।’

प्रतिक्रिया
