ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत : विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिंदै शर्माले लोकतान्त्रिक व्यवस्थामा मतदाताको निर्णय नै अन्तिम हुने भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।
उनले विगतमा ‘बुलेट’ बाट उदाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई पनि स्वागत गरिएको स्मरण गराउँदै अहिले ‘ब्यालेट’ बाट उदाउँदै गरेको रास्वपालाई पनि स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् । ‘मतदाताको फैसला स्वीकार्य छ,’ उनले लेखेका छन्, ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरिएको संयमलाई दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।’
प्रतिक्रिया
