बालेन-ओलीको क्षेत्रमा ६१ प्रतिशत भोट खस्यो

काठमाडौं ।  झापामा आजको ४ बजेसम्ममा ५९ दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबै भन्दै बढी झापा ५ मा मत खसेको छ । झापा ५ मा ६१ प्रतिशतभन्दा बढिले मतदान गरेका छन् ।

झापामा ७ लाख १३ हजार ५३७ मतादाता रहेका छन् । ४ बजे सम्ममा ४ लाख २५ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि मतदान स्थलमा मतदाताहरू लाइनमा रहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ बजे सम्ममा ५२ प्रतिशत मत खसेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१ं.९४ प्रतिशत मत खसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर