बालेन-ओलीको क्षेत्रमा ६१ प्रतिशत भोट खस्यो
काठमाडौं । झापामा आजको ४ बजेसम्ममा ५९ दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबै भन्दै बढी झापा ५ मा मत खसेको छ । झापा ५ मा ६१ प्रतिशतभन्दा बढिले मतदान गरेका छन् ।
झापामा ७ लाख १३ हजार ५३७ मतादाता रहेका छन् । ४ बजे सम्ममा ४ लाख २५ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि मतदान स्थलमा मतदाताहरू लाइनमा रहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ बजे सम्ममा ५२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१ं.९४ प्रतिशत मत खसेको हो ।
प्रतिक्रिया
