एमालेको चेतावनीपछि बालेन झापा नगइकन फर्केको बुझाई

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह पुगे लफडा हुने चेतावनीपछि निर्वाचन आयोगले काठमाडौँ नै फर्काएको खुलेको छ। काठमाडौँमा मतदान गरेर हेलिकप्टरमार्फत झापा जान बालेनले बुधबार निर्वाचन आयोगबाट अनुमति लिएका थिए।

निर्वाचन आयोगले काठमाडौँ–झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको थियो। तर निर्वाचनको दिन बालेनलाई झापा जान अनुमति दिइएपछि बुधबार नै एमालेले आपत्ति जनाएको थियो।

मतदान चलिरहँदा बालेन झापा पुगे लफडा हुन सक्ने चेतावनी एमालले दिएपछि ओखलढुङ्गाको आकासमा हेलिकोप्टर उडिरहेका बेला आयोगले बालेनलाई ‘एयर ट्राफिक कन्ट्रलो’ मार्फत् काठमाडौँ नै फर्काएको हो।

यसअघि मौसमका कारण बालेन सवार हेलिकोप्टर फर्किएको भनिए पनि सुरक्षाका कारण फर्काइएको सुरक्षा स्रोतले पुष्टि गर्यो। बालेनले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले विरोध गरेको थियो।

निर्वाचन आयोगका एक सदस्यलाई टेलिफोन गरेरै एमाले नेताले बालेन झापा पुगे सुरक्षास्थिति जे पनि हुन सक्ने र त्यसको जिम्मेवारी आयोगले नै लिनु पर्ने चेतावनी दिएका थिए। आयोगका सदस्यलाई फोन गरेर एमाले नेताले ‘तपाईंहरु कसको सेवा गर्न यस्तो निर्णय गर्नुहुँदैछ’ भनेर सोधेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर