प्रधानमन्त्री कार्कीद्वारा मतदान : “देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु”

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५, धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो,  “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर