नेपाली कांग्रेससँग देउवाको मोह भंग, उडे सिंगापुर !
काठमाडौंं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हिजो राति सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको बताइएको छ । प्रतिनिधिसभाको निर्वाचन हुन एक साता मात्र बाँकी रहेको समयमा देउवा एक्लै सिंगापुर गएका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेको पार्टी वृत्तमा चर्चा छ । यसअघि पनि देउवा पटक पटक उपचारको लागि सिंगापुर जाने गएका थिए ।
उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि सिंगापुर गएको बताइएको छ। देउवा पत्नी आरजु भने विगत ५ दिनदेखि भारतका विभिन्न मठ मन्दिरमा पुजाआजाका लागि छन् । उनको भारतको उज्जेनस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै केही दिन भारतमै रहने बताइएको छ ।
