पटक-पटक मिति तय हुँदै र सर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको थियो । त्यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो । मिति सरेपनि १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ । सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२,०८३ मा १०औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको थियो ।
१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रङ्ग, चन्द्र र सूर्य झन्डा अङ्कित रहेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको थियो । दुई-दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो ।
