टी-२० विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समूह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुँदैछ । जारी विश्वकपमा अफगानिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने युएईले २ खेलमा एक खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल समूह सी अन्तर्गतको इङल्याण्ड र इटालीबीच हुनेछ । भारतको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार दिउसो ३ः१५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा इङल्याण्डले ३ मध्ये २ खेल जितेको छ भने इटालीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र श्रीलंकाबीच हुँदैछ । श्रीलंकाको पल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हँदैछ । जारी विश्वकपमा श्रीलंकाले आफ्ना दुवै खेल जितेको छ भने अस्ट्रेलियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर