नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरियो

काठमाडौं ।  वेस्ट इन्डिजसँगको पराजयसँगै नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ । समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले पराजीत भयो ।

समूहमा लगातार तेस्रो हारसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।

समूहमा ६ अङ्क बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर