टी-२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं ।  आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि शुरु हुँदैछ ।

समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रन रेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ । विश्वकप शुरु हुँदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर