आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुँदैछन् । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा बिहान ११; १५ बजेदेखि शुरु हुँदैछ । नेपालले यसअघिका आफ्ना दुवै खेल गुमाएकाे कारण यो खेलमा जित महत्वपूर्ण रहेको छ ।

त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार शुरुवात गरेको छ । नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।

गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल मध्यक्रममा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीका मुख्य आधार हुन् र उनीहरुको प्रदर्शन आज महत्वपूर्ण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर