टी–२० विश्वकपमा आज तीन खेल हुँदै
काठमाडौं । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् । शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुँदैछ । आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङ्ग्ल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउँसो सवा ३ बजेदेखि शुरु हुँदैछ । जारी विश्वकपमा इङ्ग्ल्याण्डर स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै, आज तेस्रो खेल समुह डी का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेदेखि शुरु हुँदैछ । न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।
