दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप-२०२६ मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका दिएको २४ रनको टार्गेट पच्छ्याएको अफगानिस्तानले १९ रन मात्रै बनाउन सक्यो ।

पहिलो सुपर ओभरमा दुवै टोलीले १७/१७ रन बनाएका थिए । ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै पहिलो सुपर ओभर बराबरी गरे । यसअघि नियमित खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १८७ रन बनायो भने अफगानिस्तानले पनि २० ओभरमा १८७ रन मात्र बनाउन सक्यो। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर