घन्टी लक्षित प्रचण्डको टिप्पणी : पपुलिस्टहरूलाई विदेशी लगानी

काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको  भइरहेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै संयोजक प्रचण्डले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको आरोप समेत लगाए । प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको बताए ।

प्रचण्डले भने, ‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दै छन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’

संयोजक प्रचण्डले रास्वपाप्रति संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्रहरू भएको टिप्प्णी गरे । उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर