प्रधानमन्त्रीले भनिन्- प्रदर्शन तारिफयोग्य छ, आशा अझै बाँकी छ

काठमाडौं । नेपाल आईसीसी पुरुष टी२० विश्वकप २०२६मा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डसँग ऐतिहासिक जितको नजिक पुगेर पनि पराजित भएको छ । अन्तिम ओभरसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल झिनो अन्तरले चुके पनि नेपाली टोलीको प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्न सफल भएको छ।

नेपाली टोलीको यस साहसी प्रदर्शनप्रति प्रधानमन्त्री सुशीला कार्कीले भनेकी छन्, ‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौँ, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।’

नेपाल इतिहास रच्नबाट चुक्यो

नेपालले इंग्ल्याण्ड जस्तो विश्वविजेता टोलीलाई कडा चुनौती दिँदै खेललाई अन्तिम बलसम्म पुर्‍याएको थियो। टी-२० विश्वकप क्रिकेटमा नेपाल इंगल्यान्डसँग पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल इंगल्याण्डसँग ४ रनले पराजित भएको हो।

इंगल्याण्डबाट १८५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा १८० रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९, लोकेश बमले नटआउट ३९ र कुशल भुर्तेलले २९ बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २/२, शेर मल्ल र सन्दीप लामिछानेलेले १/१ विकेट लिएका थिए। इंगल्याण्डका लागि ज्याकोप बिथेलले ५५, ह्यारी ब्रुकले ५३, विल ज्याक्सले नटआउट ३९, जोस बट्लरले २६ रन बनाएका थिए। इंगल्याण्डका लियाम डसनले २, साम कुरान, लुक उड, जोफ्रा आर्चर र विल ज्याक्सले १–१ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर