कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनु भएको छ ।

कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू निर्वाचनका सिलसिलामा काठमाडौँ बाहिर रहेकाले जुम मार्फत बैठक गर्न लागेको उनले बताउनु भयो । तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर