डा. शेखरले क्षमा माग्दै मत मागे

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग क्षमा माग्दै चिठी पठाउन थालेका छन्। डा. कोइरालाले पठाएको चिठीमा फेरि एक पटक उम्मेदवार बनेर आएको उल्लेख गरेका छन्। उनले आफूलाई एक पटक फेरि विश्वास गरेर मत दिन पनि आग्रह गरेका छन्।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा मोरङ-५ बाट उम्मेदवार बनेका डा. कोइरालाले चिठीमा आफूले न्याय गर्न नसकेको भए क्षमा गर्न आग्रह गरेका छन्। ‘मलाई नि;स्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्त:स्करणबाट क्षमाप्रार्थी छु’, उनले भनेका छन्।

‘हाम्रा अगाडि नयाँ-पुराना राजनीतिक दलहरू भोट माग्न आउनेछन् । नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर म पनि तपाईको घरदैलोमा आएको छु,’ उनले भनेका छन्, ‘एक पटक हामी सबै एकताबद्ध भएर भावी पुस्ताले देशभित्रै आफ्नो स्वर्णिम भविष्य देख्न सक्ने नेपाल निर्माणमा जुटौँ। रुख चिह्नमा अत्यधिक मतदान गरेर नेपाली कांग्रेसलाई विजयी बनाऔँ।’ २०७९ सालको निर्वाचनमा डा. कोइराला मोरङ-५ क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचिन भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर