बालेनमाथि विदेशी लगानी रहेको प्रचण्डको प्रस्ट आरोप

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताएका छन् । विभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको अवसरमा आज राजधानीमा आयोजि एक कार्यक्रममा प्रचण्डले बाले साहप्रति लक्ष्य साँध्दै भने, ” अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने छ ।”

उनले भने, “अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ ।”

संयोजक दाहालले भने ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणको निमित्त भ्रष्टाचार विरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरूले ठुलो लगानी गरेको तपाई हामीले देखेका छौ । हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई सङ्गठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र धुव्रिकरण र एकताको प्रक्रियालाई अगाडि बढाएका हौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर